भारतमा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्या २ सय ४९ पुग्याे ,१२ नेपाली संक्रमित

everest kitchen

file photo file photo 
काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या दुई सय ४९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । महाराष्ट्रमा अहिलेसम्म १ सय १० जनाको मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार अहिलेसम्म भारतमा संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ ।

भारतमा अहिलेसम्म १२ जना नेपालीमा काेराेना संक्रमण भएकाे पत्ता लागेकाे छ । त्यसमध्ये एकै परिवारका ८ जना रहेका छन ।

काेराेना संक्रमणकाे कारण अहिले बिश्व भर मर्नेकाे सङ्ख्या १ लाख २ हजार ७ सय ८७ रहेकाे छ भने संक्रमितकाे सङ्ख्या १७ लाख बढि रहेकाे छ ।