काेराेना संक्रमणबाट मलेसियामा थप ३ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७३ पुगेकाे छ । आज शनिबार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७३ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ४ हजार ५ सय ३० जनामा संक्रमण देखिएकाेमा १ हजार ९ सय ९५ जनाले स्वास्थ्य लाभ गरेका छन । ७२ जना गम्भीर बिरामी रहेका छन भने शनिबार थप १ सय ८४ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ३ हजार २ सय ३३ रहेकाे छ भने संक्रमितको सङ्ख्या १७ लाख ५ हजार ८ सय ४५ जनामा संक्रमण रहेकाे छ । ३ लाख ७८ हजार ४ सय ६८जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।