पत्रकार कुश्लभ केसी र प्रहरी असई बिचकाे बिवाद किन भयाे?

everest kitchen

काठमाडौं । यतिबेला पत्रकार कुश्लभ केसि र जाेरपाटि स्थित कार्यरत नेपाल प्रहरिका असई बिचकाे भिडियोमा रेकर्ड भएकाे सम्बादलाई लियर बिभिन्न टिका टिप्पणी भैरेहका छन । काठमाडौंकाे जाेरपाटि नगरपालिकाकाे वडा नम्बर -८ स्थित घटेकाे घटनाकाे पत्रकार केसि र ती असईकाे फाेटाे सामाजिक सञ्जाल फेसबुकमा राखेर कतिले असईकाे त कतिले केसीकाे बिराेधनै जनाएका छन।

अमेरिकामा बसाेबास गरिरहेका लाेकदाेहाेरि गायक भगवान भण्डारीले पनि यसमा दुःख जनाएका थिए । उनलेे फेसबुकमा लेख्दै भनेका छन ” पत्रकारिता र असल पत्रकारहरूलाई सधैँ सम्मान छ । तर लकडाउनको समयमा ईमानदारीतापुर्बक आफ्नो ड्युटी निभाईरहेका प्रहरी सँग गरेको यी मित्रको रवैया देखेर नरमाईलो लाग्यो । जोड जोडले कराउँदै अरूलाई नियम सिकाउनेले आफुले मास्क लाउनु पर्दैन?? यिनको बोल्ने शैली लास्टै पाखण्डी😡😡
भण्डारीकाे स्टाटसमा धेरैले पत्रकार केसीलाई गालि गरेका छन । भण्डारी मात्रैले हैन अन्य केहि एकाध सामाजिक प्रयाेग कर्ताहरुले पनि प्रहरीलाई किन थर्काएकाे भनेर सामाजिक सञ्जालमा पाेष्ट गरेकाे पाईन्छ ।

त्यसाेत अन्य समयमा कालाेबजारि गर्ने काठमाडौं लगायत देशका बिभिन्न ठाउँमा हाेटेल , बधशाला , पानि कम्पनी लगायतकाे खराे रिपोर्टिङ गरेर कारबाही समेत गराएका कुश्लभकाे युटुवमा उनलाई सकरात्मक कमेन्ट गर्नेहरु प्राय धरै हुन्छन । यधपी उक्त जाेरपाटि वडा कार्यालयकाे आगनमा घटेकाे घटनाकाे उनकाे युटुवमा भएकाे उक्त भिडियोमा पनि केसीकै सपाेर्ट गरेकाे पाईन्छ । केहिले मास्क किन नलगाएकाे भनेर पनि प्रश्न गरेका छन ।

आखिर के भएकाे थियाे त ?
जाेरपाटिकाे वडा नम्बर आठमा राहत बांडिएन हामी भाेकै परेयाैं भने फाेन आएपछि पत्रकार कुश्लभ केसि र उनका क्यामेरा म्यान त्यतातिर लागेकाे कुश्लभ बताउछन ।

त्यहाँ पुग्दा सयौंकाे सङ्ख्यामा विपन्न परिवारहरु वडा कार्यालय बाहिर बसेकाे देख्छन । बाहिर बसेका जनमानस संग कुरा झुझ्ने क्रममा हप्तौं देखि धाएकाे तर राहत नपाएको गुनासो त्यहाँको जमातले पत्रकारको टिमलाई गर्छन । यतिकैमा असईकाे नेतृत्वको प्रहरी टाेलि आउछ । कुश्लभका क्यामेरा म्यानका अनुसार प्रहरिले ढाेकामा टांसेकाे नाेटिस हेर भन्द क्यामेरा म्यानलाई तान्दा क्यामेरा भुईमा झर्छ ।उक्त दृश्य क्यामरामा कैद हुदैन । अनि हत्तपत्त क्यामेरा भुईबाट उठाएर हेर्दा क्यामेरा सामान्य डेमेज भएकाे हुन्छ । फेरि लगातार क्यामेरा म्यानले क्यामेरा अन गरेर भिडियो बनाउछन । पछि पत्रकार कुश्लभ केसि र प्रहरि असईबिच चर्काचरेकी स्वरमा कुरा भएकाे उनि बताउँछन् ।

पत्रकार कुश्लभलाई यसबारे बुझ्दा उनले हामीलाई यस्ताे बताए ” मेराे खराे स्वभावका कारण केहिले मेराे बिराेध गरेका रहेछन । बिराेधलाई म सुझापकाे रुपमा लिन्छु । सयौं मानिसहरु भाेकै छाैं हप्ता दिन भयाे राहतको लागि धाएकाे भन्दा म अलि भावुक थिए । कताकता आक्राेश पनि । धेरै साथिले प्रहरीलाई किन थर्काएकाे भनर प्रश्न गर्नु भाछ । क्यामेरा म्यान भाईलाई असईले तान्दा क्यामेरा भुईमा झय्राे अलि अपमानित भएकाे महशुस मैले गरेकाे हूं । त्यहाकाे भिडले पनि बाेलेकाे भिडियो छ , हामीलाई दुरव्यवहार गरेर तानेकाे भनेर ।

असई सापले एक्कासि त्यसताे व्यवहार देखाउदा मैले मास्क समेत हातमा राखेर बाेलेकाे हुं । जनताकाे सेवक प्रहरीलाई मेराे संधै सम्मान छ ।
हामीले पहल गरेपछि त्यहाँ राहत वितरण पनि गरिएकाे छ ।
ज्यानकाे बाजी राखेर मैले धेरै यस्ता जाेखिम युक्त रिपोर्टिङहरु गरिरहेकाे धेरैले हेर्नुपनि भएकाे छ हाेला । मलाई बिभिन्न धम्कीहरु आउने गरेपनि म निरन्तर कालाेबजारि र गलत क्रियाकलाप बिरुद्ध बाेलि रहेनेछु ।

भिडियोमा हेर्नुहाेस