विश्वभरि १ लाख ८ हजार बढिकाे मृत्युु , अमेरिकामा सबैभन्दा धेरै २० हजारबढि

everest kitchen
photo file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ८ हजार ९ सय ७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १७ लाख ८३ हजारबढीमा देखिकाे संक्रमणमध्य ४ लाख ४ हजार ८ सय ६५ जनाले स्वास्थ्य लाभ गरेका छन । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा भएकाे छ । अमेरिकामा हालसम्म २० हजार ५ सय ८० जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ५ लाख ३३ हजार १ सय १५ जनामा संक्रमण देखिएकाेमा ४ लाख ८२ हजार ३३ मा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिकापछि रहेकाे छ । ईटलीमा हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ५२ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सपेनमा १ लाख ६३ हजार २७ मा काेराेना संक्रमित हुदा १६ हजार ६ सय ६ जनाले ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे ।