लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागे

everest kitchen
Photofile

ऐजेन्सि। भारतमा लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागेकाे छ । आईतवार बिहान पञ्जावकाे पटियालास्थित स्थानीय प्रहरी असई हार्जीत सिंहकाे हात काटिएकाे हाे ।

पञ्जावकाे पटियालास्थित तरकारी बजारमा बजारमा प्रवेश गर्ने क्रममा प्रहरी असई सिंहकाे टेलिले पास नभएकाे भन्दै राेकन खाेजेपछि चार जनाको समूहले असई सिंहको प्रहरी टाेलिलाई आक्रमण गरि भागेकाे भारतीय सञ्चारमाध्यमल जनाएका छन । आक्रमणकारिले सिंहकाे हात काटिदिनुकाे साथै अन्य प्रहरीलाई समेत घाईते बनाएको बताईएको छ ।

आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले २० जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेकाे बताईएकाे छ भने चार जना आक्रमणकारिकाे पहिचान र खाेजि जारि राखिएकाे छ ।