काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जाेन्सन डिस्चार्ज

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे उपचारपछि बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन डिस्चार्ज भएका छन ।

प्रधानमन्त्री जोन्सनलाई कोभिड–१९ को संक्रमण भएपछि सेल्फआईसाेलेसनमा रहेका उनलाई संक्रमण देखिएकाे १०  दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा उनको स्वास्थ्य बिग्रिएपछि ३ दिन सघन उपचार कक्षमा राखेर अक्सिजन दिइएको थियो।

अस्पतालबाट डिस्जार्च हुने बेलामा प्रधानमन्त्री जोन्सनले अस्पतालका कर्मचारीको साहस देखेर आफू प्रभावित भएको बताएका बीबीसीले जनाएको छ। चिकित्सकहरुले उनलाई केहीदिन आराम गर्न सल्लाह दिएकाे बताईन्छ ।