विश्वभरि साढे १८ लाखबढि संक्रमित , १ लाख १४ हजार बढीको मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १४ हजार २ सय ५७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १८ लाख ५३ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख २३ हजार ७ सय २८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा भएकाे छ । अमेरिकामा हालसम्म २२ हजार १ सय १५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ५ लाख ६० हजार ४ सय ३३ जनामा संक्रमण देखिएकाेमा ५ लाख ५ हजार ६ सय ८४ मा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म १९ हजार ८ सय ९९ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ५६ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

सपेनमा १ लाख ६६ हजार ८ सय ३१ मा काेराेना संक्रमित हुदा १७ हजार २ सय ९ जनाले ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म १२ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य दुईजना काठमाडौं ,४ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे भने बिरगंजमा ३ जना भारतीयमा संक्रमण देखिएकाे हाे ।