कैलालीमा फेरि एक महिलामा काेराेना संक्रमणकाे पुष्टि

everest kitchen

काठमाडौं । कैलालीमा फेरि एक महिलामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हाे ।

५५ बर्षिया ती महिलालाई य्रापिड टेस्टमा नेगेटिभ देखिएकाेमा राष्ट्रिय ग्रयाेगशालाकाे पिसिआर टेस्टमा पाेजेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालय स्राेतले जानकारी दिएकाे छ ।

ती महिलाले बिरगंज नाकामा चिया बेच्ने काम गर्थिन भने चैत ९ मा उनीसहित १७ जना कैलाली गएका हुन । नेपालबाट आएकाे भन्दै क्वारेन्टाइनमा बस्न उनिहरुले मानेका थिएनन ।

याे संगै नेपालमा १३ जनामा काेराेना संक्रमण देखिएकाे छ भने एक जनाले स्वास्थ्य लाभ गरेका छन ।