काेराेनाकाे कारण मलेसियामा ७७ जनाकाे मृत्यु

everest kitchen

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७७ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७७ “पुगेकाे हाे ।

हालसम्म मलेसियामा ४ हजार ८ सय १७ जनामा संक्रमण देखिएकाेमा २ हजार २ सय ७६ जनाले स्वास्थ्य लाभ गरेका छन । ७७ जना गम्भीर बिरामी रहेका छन भने साेमवार थप १ सय ३४ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख १४ हजार ९ सय ८० रहेकाे छ भने संक्रमितको सङ्ख्या १८ लाख ६१ हजार ६ सय ७२ जनामा संक्रमण रहेकाे छ । ४ लाख ३१ हजार ५ सय ३६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

याे राेगबाट नेपालमा अहिलेसम्म १३ जनामा संक्रमण देखिएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।