विश्वभरि साढे १९ लाखबढि संक्रमित , १ लाख १९ हजार बढीको मृत्यु

everest kitchen
photo file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १९ हजार ७ सय २ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५१ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म १९ लाख २५ हजारबढीमा देखिबएकाे संक्रमणमध्य ४ लाख ४७ हजार ९ सय ४८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमरिकामा भएकाे छ । अमेरिकामा हालसम्म २३ हजार ६ सय ४४ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ५ लाख ८७ हजार १ सय ५५ जनामा संक्रमण देखिएकाेमा ५ लाख २६ हजार ५ सय ६३ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २० हजार ४ सय ६५ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ५९ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ७० हजार ९९ मा काेराेना संक्रमित हुदा १७ हजार ७ सय ५६ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार २ सय ४९ मा संक्रमण हुदा १ हजार १ सय ७० जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा मर्नेको सङ्ख्या ३ हजार ३ सय ४१ रहेको छ ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म १४ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य एक जना राैतहट, दुईजना काठमाडौं ,५ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे भने बिरगंजमा ३ जना भारतीयमा संक्रमण देखिएकाे हाे ।