काठमाडौंमा थप दुईजनामा काेराेना संक्रमण पुष्टि

everest kitchen


काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । एक जनाकाे रिपोर्टमा भने केहि गडबडी देखिएपछि पुनः स्वाब परिक्षण हुन लागेकाे उनले बताए ।

ती एकै घरका तीन जना रहेकाे र हिजो र्यापिड टेस्ट विधिबाट गरिएको परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएपछि पुनः पीसीआर विधिबाट परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा नमुना पठाइएको थियो ।

याे संगै नेपालमा १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।