श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

everest kitchen
photo :file

बाँके। बाँकेमा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएकाे छ । बाँकेकाे वैजनाथ गाउँपालिका -२ नाैबस्ता पहाडपुर बस्ने बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो ।

मदिरा सेवनकाे विषयलाई लिएर सामान्य घरयासि बिवाद भएपछि दिलमायाका श्रीमान बलसिंहले कुटपिट गरि घाईते बनाएका थिए । घाईते दिलमायालाई कुटपिटको तीनदिन पछि मात्रै काेहाेलपुर मेडिकल कलेजमा उपचार गराउन ल्याएकाे केहि समयपछि दिलमायाकाे मृत्यु भएकाे बाँके प्रहरीले जानकारी दिएकाे छ ।

तीन दिनसम्म पनि उपचार नपाएर दिलमायाको मंगलबार मृत्यु भएपछि अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।