काेराेनाकाे कारण मलेसियामा मङगलबार मात्रै ५ जनाकाे मृत्यु , मर्नेकाे सङ्ख्या ८२ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८२ पुगेकाे छ । आज मङगलबार थप ५ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८२ “पुगेकाे हाे ।

हालसम्म मलेसियामा ४ हजार ९ सय ८७ जनामा संक्रमण देखिएकाेमा २ हजार ४ सय ७८ जनाले स्वास्थ्य लाभ गरेका छन । ७० जना गम्भीर बिरामी रहेका छन भने मङगलबार थप १ सय ७० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख २० हजार ४ सय ३४ रहेकाे छ भने संक्रमितको सङ्ख्या १९ लाख ३३ हजार ८ सय ७५ जनामा संक्रमण रहेकाे छ । ४ लाख ५६ हजार ५ सय ४६ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।