नेपालमा बैशाख १५ सम्म लकडाउन हुने

everest kitchen

काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । बैशाख १५ सम्म लकडाउन थपिएको र बैशाख १८ सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय भएकाे बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

काठमाडौंकाे कांडाघारि सथित सनसिटि अपार्टमेन्टमा थप दुईजना संक्रमित भेटिएपछि नेपालमा संक्रमितकाे सङ्ख्या १६ पुगेकाे छ ।