मलेसियामा हराएका भनिएका बैतडीका करण साउद मलेसियन प्रहरी हिरासतमा

everest kitchen

 


क्वालालम्पुर । अप्रिल २ तारीख मलेसियाको पेनाङबाट हराएका भनिएका बैतडी, सुरनाथ गाउपालीका- ७ का करण साउदलाई मलेसियन पक्राउ गरेकाे खुलेको छ ।

हराएको भनेर खाेजि गरिरहेका करणलाई प्रहरीले मादकपदार्थ सेवन गरेकाे अवस्थामा चक्कुसहित पक्राउ गरेकाे अप्रिल १४ मङगलबार मात्रै उनी कार्यरत कम्पनीलाई प्रहरीले जानकारी दिएकाे हाे । करणाई अप्रिल ३ तारिख बिहान प्रहरीले पक्राउ गरि पेनाङ स्थित कुलीम प्रहरी चौकीमा राखेकाे खुलेकाे छ ।

मलेसियाको पेनाङ स्थित कृयटिभ रबर कम्पनीमा कार्यरत करण अप्रिल २ तारीख साझ होस्टेलबा एक्कासी हराएका थिए । साथीहरु सबजना खानपिन गरिसकेपछि अन्य साथीहरु कोठामा सुत्न गएकाे तर करण भने किचेनमा बसेर फोनमा कुराकानी गरीरहेकाे उनका साथिहरुले जानकारि दिए । त्यहि राती करणले तरकारी काटने चक्कु सहित साथिहरुलाई जानकारी नदिई होस्टेल बाहिर निस्नेकाे साथिहरु बिहान थाहा पाएकाे र तुरुन्तै कम्पनीलाई जानकारी दिएकाे करण संगै कम्पनीमा काम गर्ने उनका साईनोमा हजुरबुबा पर्ने नरेश साउदले बताए ।

अप्रिल ४ तारीखमा घटना बारे दुतावासमा पनि जानकारी आएको र तत्कालै कम्पनी एचआरलाई सम्पर्क गरि खोजी कार्य गर्न आग्रह गरेकाे हजुरबुबा नरेशले बताए । नरेशका अनुसार अप्रिल ३ तरीख बिहान होस्टेल अगाडिबाट मादक पदार्थ सेवन गरेको र चक्कु साथमा लिएको अबस्था मै प्रहरीले पक्राउ परेको थाहा हुन आएकाे बताए ।

यसबारे मलेसिया स्थित नेपाली दुतावासमा बुझ्दा “उनलाई के मुद्दामा लगाईएको छ ,भन्ने बारे नखुलेकाे नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी दिए । अधिकृत बुढाका अनुसार करणलाई जेलबाट छुटाउनको लागि आवश्यक पल गर्न उनको कम्पनीलाई आग्रह गरिएकाे र दुतावासले पनि थप बुझ्ने र उद्धार बारे प्रयास गरिरहेकाे बताए ।