विदेशबाट फर्किएका दुई युवामा य्रापिड टेस्टमा काेराेना पाेजेटिभ

everest kitchen


काभ्रे । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणमा काेराेना   पोजिटिभ आएको देखिएकाे छ ।

आरडीटी परिक्षणमा संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेको बेथानचोक–५ का युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए भने मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए।

उनीहरू नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर  घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको बताईएकाे छ ।