मलेसियामा एक नेपाली युवाकाे मृत्यु

everest kitchen


क्वालालम्पुर । मलेसियामा कार्यरत एक नेपाली श्रमिककाे मृत्यु भएको छ । नुवाकाेट घर भएका ३३ बर्षिया सुजन रानाकाे अप्रिल १३ तारिख साेमबार बिहान मृत्यु भएको हो।

विहान उठेर डिउटी जाने समयमा अचानक मुटुमा समस्या देखा परेर लडेका सुजनलाई साथिहरुले उठाउन खाेज्दा खाेज्दै मृत्यु भएकाे साथिहरुले बताए । सुजन मलेसियाकाे काजाङ स्थित राम सेक्युरिटी सर्भिस नामक सेक्युरिटी गार्ड कम्पनिमा सुरक्षागार्डमा कार्यरत रहेकाे के कति कारण मृत्यु भएकाे भन्ने बारे पाेष्टमार्टम रिपोर्टपछि थाहा हुने नेपाली दुतावास मलेसिया स्राेतले जानकारी दिएकाे छ ।

मृर्तक सुजनले कुनै नसालु पदार्थ सेवन गर्ने गरेकाे थाहा नभएकाे उनीसँगै काम गर्ने साथिहरुले । साथिहरुका अनुसार आईतवार उनले अलि अस्वथ महशुस गरेकाे बताएका थिए ।