काेराेना बारे अफवाह फैलाएको भन्दै एक जना पक्राउ

everest kitchen


तुलसीपुर । काेराेना भाईरस (कोभिड–१९ ) बारे अफवाह फैलिएको भन्दै दाङमा एकजना पक्राउ परेका छन ।

दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार दाङको घोराही उपमहानगरपालिका–१५ निवासी २८ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरिएको हो ।