काठमाडौंमा सवारी वितरण बन्द

everest kitchen


काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पास बितरण बन्द गरेकाे छ । उसले एक सुचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

पासको माग अत्यधिक बढ्नुका साथै भीडभाड हुन गइ लकडाउन समेत उलंघन हुने अवस्था सिर्जना भएकाले बुधबारदेखि पास वितरण कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अब देखि परिवारका सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरुलाई बोहक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने कार्यालयले स्पष्ट पारेको छ ।