सनसिटि अपार्टमेन्टका तीन सय जनाकाे आरडिटी परिक्षणमा नेगेटिभ

everest kitchen
फाेटाे:थाहा

काठमाडौं । काठमाडौंमा काे मनाेहाेरा कागेश्वरि नगरपालिका स्थित सनसिटी अपार्टपेन्टमा बस्दै आएका तीनजनामध्ये दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि आज बुधबार देखि य्रापिड किट द्धारा परिक्षण सुरु भएकाे छ ।

दुईजना संक्रितहरु काठमाडौंकाे पप्सिकाेला टाउन प्लानिंङ स्थित सनसिटि अपार्टमेन्टमा बसोबास गर्दै आएले। उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण बुधबार बिहान साढे नौ बजेबाट सुरू गरिएको र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) मा तीन सय जनाकाे नतिजा नेगेटिभ देखिएकाे कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए । संक्रित बसेकाे बलकमा रहेका तीन सय जनाकाे परिक्षण नेगेटिभ आएकाे हाे ।

उक्त अपार्टमेन्टमा पाँच वटा बलक्मा ५ सय परिवारका करिब १ हजार ५ जना बस्दै आएका छन ।