काेराेनाकाे कारण मलेसियामा बुधबार १ जनाकाे मृत्यु , मृतकको सङ्ख्या ८३

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८३ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८३ “पुगेकाे हाे ।

हालसम्म मलेसियामा ५ हजार ७२ जनामा संक्रमण देखिएकाेमा २ हजार ६ सय ४७ जनाले स्वास्थ्य लाभ गरेका छन । ५६ जना गम्भीर बिरामी रहेका छन भने बुधबार थप ८५ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख २७ हजार ५ सय ८७ रहेकाे छ भने संक्रमितको सङ्ख्या २० लाख १३ हजार ५ सय ८१ जनामा संक्रमण रहेकाे छ । ४ लाख ९१ हजार ५ सय ९९ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १ जनाले स्वास्थ्य लाभ गरेका छन ।