चितवन एकजनालाई आरडीटी परिक्षणमा काेराेना पाेजेटिभ

everest kitchen


चितवन । चितवनमा ३९ जनाकाे य्रापिड डाईग्नेष्टिक टेस्ट (आरडीटी) गर्दा एकजनाकाे काेराेना पाेजेटिभ देखिएकाे छ ।

गुञ्जमान सिंह अस्पतालमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रबाट ३९ जनाको आरडीटी टेस्ट गरिएकोमा एक जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । पोजेटिभ रिपोर्ट आएका मानिस एक महिनाअघि बिदेशबाट आएका थिए ।

पोजेटिभ देखिएकाको स्वाबको नमुना लिएर पिसिआर परीक्षणका लागि पठाएको अस्पतालले जनाएको छ ।