उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२सय ७४ व्यक्ति र ४ सयबढि सवारीसाधन प्रहरी नियन्त्रणमा

everest kitchen


काठमाडौं । उपत्यकामा लकडाउन उलङ्घन गर्ने ३२ सय ६७ जनालाई प्रहिले नियन्त्रणमा लिएकाेछ ।

उपत्यका भरि लकडाउन उलङघन गर्ने ७ सय ७४ महिला र २ सय ९३ पुरुषलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । आज बुधबार विहान ६ बजे देखि दिउँसो ५ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हाे ।त्यस्तै  ३ सय ६९ वटा दुई पाङ्ग्रे र ३९ वटा चारपाङग्रे गरी ४ सय ८ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

काेराेनाकाे विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले गरेकाे देशव्यापी लकडाउनको आदेश उल्लंघन नगर्न प्रहरीले आग्रह गरेकाे छ ।