ट्रम्पकाे सहयोग राेक्ने निर्णय प्रति डब्लुएचओ द्धारा दुःख व्यक्त

everest kitchen


काठमाडौं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सहयोग रकम राेक्का गर्ने निर्णय प्रति विश्व स्वास्थ्य संगठनले दु:ख व्यक्त गरेकाे छ ।

बुधबारकाे मिडिया ब्रिफिङमा बाेल्दै ग्रेब्रेसले भने :”संगठनलाई दिँदै आएको सहयोग रोक्ने अमेरिकाको निर्णयले पार्ने असरबारे पनि विचार गरिरहेको बताए । यसबाट पर्ने असर आकलन गरेपछि डब्लुएचओको कामलाई प्रभावित नहुने गरी निर्णय गर्ने उनले जानकारी दिए ।

साथै गेब्रेससले जस्तो परिस्थितिमा पनि सार्वजनिक स्वास्थ्य, विज्ञान र विश्वभरका मानिसहरुलाई सेवा दिने प्रतिवद्धतामा अडिग रहने बताएका छन ।

चीन केन्द्रीत भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेका थिए ।