मलेसियामा तलब नपाएका ४४ जना श्रमिकले तलब पाउने

everest kitchen
तलब नपाएपछि सामाजिक सञ्जालकाे लागि भिडियो बनाउदै श्रमिकहरु

क्वालालम्पुर । मलेसियामा तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुले तलब पाउने भएका छन । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै बांगी स्थित येङ हुङ सोफा कम्पनीमा कार्यरत तलब नपाएका ४४ जना नेपाली श्रमिकहरुलाई कम्पनीले तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे हाे ।

तलब नदिए पछि दैनिक खाध्यन्नमा समेत समस्या परेको भन्दै अप्रिल १३ तारीख नेपाली दुतावास मलेसिया, सम्बन्धित मेनपावर तथा मिडियालाई श्रमिकहरुले जानकारी गराएका थिए । त्यसलगतै नेपाली दुतावास मलेसियाले सम्बन्धित मेनपावर तथा कम्पनीलाई सम्पर्क गरि सम्पुर्ण श्रमिकहरुलाई बेसिक तलब उपलब्ध गराउनको लागि निर्देशन दिई सकेकाे दुतावास स्राेत जनाएको छ । दुतावासकाे निर्देशनपछि कम्पनीले लगतै तलब उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे स्राेतले बतायो ।

साथै कम्पनिले सबै श्रमिकको तलब अप्रिल २८ तारीख सम्ममा उपलब्ध गराउने कुराेमा सहमति भएको उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकहरुले हिमाल टाईम्सलाई जानकारी दिएका छन । गत जनवरी ३१ तारीख बेटा मेनपावर रिसर्च प्राली काठमाडौबाट मलेसिया आएका ती श्रमिकहरुले मार्च महिनाको बेसिक तलब पनि पाएका थिएनन् । उनिहरुले मार्च २० सम्म ड्युटी गरेको बताएका छन । यसअघि उनिहरुलाई २ सयका दर कम्पनिले रकम उपलब्ध गराएपनि पुर्ण तलब पाउनेपर्ने भन्दै रकम अस्विकार गरेकाे श्रमिकहरुले बताएका थिए ।

काेराेना राेकथाम तथा नियन्त्रण गर्न मलेसियन सरकारले लागु गरेको आवागन नियन्त्रण आदेश (एमसिओ) को कारण मलेसियामा अधिकांश कम्पनीहरु बन्द रहेपनि श्रमिकहरुलाई भने बेसिक तलब दिनु पर्ने मलेसियन सरकारकाे ब्यबस्था रहेको छ ।