पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि

everest kitchen

एजेन्सी । पिज्जा डेलिभरी गर्ने व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएपछि ७० जनालाई क्वारेन्टाइनमा पठाइएको छ ।

इन्डियन एक्सप्रेसको खबर अनुसार अहिलेसम्म यीमध्ये कसैको पनि परीक्षण भएको छैन ।अधिकारीले भने, ‘यी सबैलाई होम क्वारेन्टाइन गरिएको छ र यदि यीमध्ये कसैमा लक्षण देखिए उनीहरुको परीक्षण गरिनेछ ।’

भारतमा मे ३ सम्म लकडाउन छ तर दैनिक उपभोग्य वस्तुलगायत अन्य आवश्यक वस्तुको ढुवानीमा प्रतिबन्ध लगाइएको छैन ।