चिकित्सक कुटपिट प्रकरणका डिएसपिलाई प्रमुखबाट हटाई रानिपाेखरि झिकाइएया

everest kitchen


काठमाडौं । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक रमाथि हातपात प्रकरणपछि महानगरीय प्रहरी बृहत महाराजगन्जका डिएसपी उमेश लम्साललाइ जिम्मेवार हटाएर महानगरीय प्रहरि कार्यालय रानिपाेखरि झिकाइएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एक प्रेस  विज्ञप्ति सार्वजनिक गर्दै :” डिएसपी लम्साललाई प्रमुखकाे जिम्मेवारीबाट हटाई महानगरीय प्रहरी कार्यलय रानी पोखरी तानिएको उल्लेख  गरेकाे छ ।  आवश्यक छानविन तथा कारबाहीका लागि महाराजगञ्ज वृत्तका इन्चार्जसमेत रहेका डिएसपी  लम्साललाई मेट्रो तानिनुका साथै उक्त घटनामा संलग्न अन्य प्रहरीलाई समेत मेट्रोमा झिकाइ सोधपुछ भएको बताइएको छ। उक्त घटना  सम्बन्धि छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण ब्रजाचार्यकाे संयाेजकत्वमा छानबिन समिति पनि गठन गरि सकेकाे बताएको छ ।

साथै विज्ञप्ति भनिएकाे छ:” विश्वभरि फैलिएकाे काेराेनालाई न्युनिकरण गर्न आफ्नाे ज्यानकाे बाजी राखि मानव जीवनरक्षाका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी प्रति प्रति उच्चसम्मानका साथ हार्दिक कृतज्ञता प्रकट गर्दछाै । प्रहरीबाट हुने व्यबहारमा कहिकतै कमिकमजाेरि हुन नदिने र बिभिन्न पेसाकर्मी तथा स्वास्थ्यकर्मी प्रति बिशेष संबेदनसिलता रहने विज्ञप्तिमा  प्रतिबद्धता व्यक्त गरिएको छ ।