नाईजेरियामा लकडाउन पालना गराउने क्रममा झडप हुदा १८ काे मृत्यु

everest kitchen
photo naigeria news dally

ऐजेन्सि। काेराेनाभाईरस संक्रमण फैलिन नदिन सरकारले घाेषणा गरेकाे लकडाउनकाे पालना गराउने क्रममा नाईजेरियाकाे बिभिन्न सहरमा झडप हुदा १८ जना नागरिककाे मृत्यु भएकाे छ ।

सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ । लकडाउनकाे पालना गराउने क्रममा झडप हुदा १८ जनाकाे ज्यान गएकाे भन्दै त्यहाँको राष्ट्रिय मानवअधिकार आयाेगले सुरक्षाकर्मीले बलफजति गरेकाेले धेरैकाे ज्यान गएकाे दावी गरेकाे छ ।

नाईजेरियामा हालसम्म ४ सय ४२ जनामा काेराेना संक्रमन देखिएकाे छ भने १३ जनाकाे मृत्यु भएकाे छ ।