विश्वभरि झन्डै २२ लाख संक्रमित , १ लाख ४६ हजार बढीको मृत्यु

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ४६ हजार ८ सय ४७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २१ लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ४७ हजार ७ सय ७५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ३४ हजार ६ सय ४१ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ६ लाख ७८ हजार १ सय ४४ जनामा संक्रमण देखिएकाेमा ५ लाख ८५ हजार ६ सय ५९ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २२ हजार १ सय ७० जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ६८ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ६ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ८४ हजार ९ सय ४८ मा काेराेना संक्रमित हुदा १९ हजार ३ सय १५ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ६ सय ९२ मा संक्रमण हुदा १ सय १६ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा गएकाे २४ घण्टामा १२ सय ९० जनाकाे मृत्यु भएपछि मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएकाे छ । १ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । संक्रमित मध्य ३ जना बिरगंज ,एक जना राैतहट, चारजना काठमाडौं ,५ जना धनगढी र दुई जना बागलुङमा रहेका छन । धनगढीमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा काेराेना सरेकाे हाे भने बिरगंजमा ३ जना भारतीयमा संक्रमण देखिएकाे हाे ।