चीनमा एकैदिन १२ सय ९० जनाको मृत्यु ,१ सय १६ जना मात्रै संक्रमित

everest kitchen
photo file

ऐजेन्सि । काेराेनाभाईरस (काेभिड-१९) काे कारण चीनमा गएकाे २४ घण्टामा १ हजार २ सय ९० जनाकाे मृत्यु भएकाे छ ।

वर्ल्डओमेटरकाे रेकर्ड अनुसार चीनमा हालसम्म ४ हजार ६ ३२ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९० काे मृत्यु भएपछि चीनमा अहिले जम्मा १ सय १६ जनामा मात्रै सक्रिय संक्रमण रहेकाे तथ्यांकले देखाउछ । त्यसमध्ये ८९ जना गम्भीर बिरामी रहेका छन ।

चीनमा हालसम्म ८२ हजार ६ सय ९२ जनामा संक्रमण देखिएकाेमा ७७ हजार ९ सय ४४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ४६ हजार ८ सय ४७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५६ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २१ लाख ८३ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ४७ हजार ७ सय ७५ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ ।