मलेसियामा ६ सय १ बिदेशीमा काेराेना संक्रमण, तीन जनाकाे मृत्यु

everest kitchen
मलेसियन स्वास्थ्यमन्त्रालयका महानिर्देशक दातु नुर हिशम

ऐजेन्सि । मलेसियामा हालसम्म ६ सय १ जना बिदेशीमा काेराेना संक्रमण देखिएकाे छ , भने ३ जनाको मृत्यु भएकाे छ । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक दातु डाक्टर नुर हिशम अब्दुल्लाहले ६ सय १ जना विदेशी नागरिकमा काेराेना संक्रमण र तीन जनाकाे मृत्यु भएकाे पुष्टि गरेका हुन ।

महानिर्देशक नुुर हिशमका अनुसार ईन्डाेनेसियाली नागरिक- १०८ जना, फिलिपिन्स -१०४ जना, बङलादेशी-६३ जना, भारतीय -६० जना, पाकिस्तानी -५१
जना रहेका छन, भने बांकी अन्य मुलुकका नागरिक संक्रमित रहेकाे स्थानीय अङ्ग्रेजी पत्रिका द स्टार लगायत मलेसियाका राष्ट्रिय समाचार संस्थाहरुले समाचार प्रकाशित गरेका छन । जाे आप्रवासी श्रमिक , पर्यटक र शरणार्थी रहेकाे उल्लेख गरिएकाे छ । यधपी मृत्यु तीन जनाकाे उल्लेख गरिएपनि कुनकुन देशकाे भनेर खुलाईएकाे भने छैन ।

महानिर्देशक नुर हिशमका अनुसार ६ सय १ विदेशी संक्रमित मध्ये ३ सय ५६ जना उपचाररत रहेका छन, भने २ सय ४२ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । साथै उनले मन्त्रालय द्धारा आयाेजित एक पत्रकार सम्मेलनमा बाेल्दै ,”याे राेग विदेशबाट आयातित भएकाे र सिङगापुरमा पनि विदेशीबाट संक्रमण फैलिएकाले विदेशी कामदार निर्भर कम्पनीले उच्च सुरक्षासतर्कता साथ कामम लगाउनुपर्ने र विदेशबाट फर्केमा मलेसियनहरु पनि अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताएका छन ।

हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा दुईजना नेपालीमा काेराेना संक्रमण भएकाेमा उपचारपछि उनीहरू काममा फर्कि सकेका छन ।