विश्वभरि १ लाख ५४ हजार बढीको मृत्यु, २२ लाख ५२ हजार बढि संक्रमित

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ५४ हजार ३ सय ३० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २२ लाख ५४ हजार बढीमा देखिएकाे संक्रमणमध्य ५ लाख ७४ हजार ८ सय १८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ३७ हजार १ सय ७५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ७ लाख १० हजार २ सय ७२ जनामा संक्रमण देखिएकाेमा ६ लाख ९ हजार ५ सय ८७ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ७२ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ६ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा १ लाख ९० हजार ८ सय ३९ मा काेराेना संक्रमित हुदा २० हजार २ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७ सय १९ मा संक्रमण हुदा १ हजार ५८ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।