काेराेनाकाे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८८ “पुगेकाे हाे । गएकाे शुक्रबार पनि मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ५ हजार ३ सय ५ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय २ जनाले स्वास्थ्य लाभ गरेका छन । ४१ जना गम्भीर बिरामी रहेका छन भने शनिबार थप ५४ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ५४ हजार ७ सय २६ रहेकाे छ भने संक्रमितको सङ्ख्या २२ लाख ६१ हजार ३४ जनामा संक्रमण रहेकाे छ । ५ लाख ७८ हजार ९ सय ५१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने पहिलो र दाेस्राे २ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।