गाउँपालिकाकाे आग्रह लत्याउदै मन्त्रालयकै मिलेमतोमा लिखु हाईड्राेकाे काेराेना आतंक

everest kitchen
लिखु हाईड्राे

विपेन उलङगे
काठमाडौं । रामेछाप र सोलुखुम्बुको सिमानामा निर्माणाधिन लिखु जलविद्युत अायाेजना स्थलमा धमाधम भारतीय मालबाहक गाडिहरु प्रबेश गर्दा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे छ । भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको लगानीमा लिखु खोलामा निर्माणाधिन ३ वटा जलविद्युत आयोजनाहरु सुचारू हुदा स्थानीयहरुमा त्रास उत्पन्न भएकाे हाे ।

भारतीय व्यापारीक घराना एमभि दुगड ग्रुपको करिब २१ अर्ब रुपैयाँ लगानीमा साेलुखुम्बु जिल्लाकाे लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकामा निर्माणमाधिन लिखु–१, २ र “ए” मा याे समस्या उत्पन्न भएकाे हाे ।

भारतीय नाकाबाट भित्रीएका गाडीहरु

रामेछाप उमाकुण्ड गाउँपालिकाका स्थानीय युवाहरुले हिमाल टाईम्ससंग कुरा गर्दै भने ” देश पुर्ण लकडाउनमा रहेकाेबेला , बाटाेमा पैदल समेत हिडन राेक लगाएकाे अवस्थामा र कयौं अलपत्र परिरहदा लिखु हाईड्राेमा काम सञ्चालन हुदा काेराेना त्रास उत्पन्न भएकाे छ । यहाँ दैनिक सयौं भारतीय गाडिहरु गाउँ प्रवेश गरिरहेकाे र हाईड्राेले जबर्जस्ती काम सञ्चालन गरेपछि काेराेना संक्रमणकाे त्रास उत्पन्न भएकाे बताए ।

त्यस्तै यस सम्बन्धमा रामेछाप, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारसंग बुझ्दा हाईड्राेकाे गतिविधिले गाउँमा त्रास उत्पन्न भएकाे स्वीकार गरेका छन । अध्यक्ष सुनुवारका अनुसार जिल्ला प्रशासन देखि, मन्त्रालय सम्म यस बिषयकाे बारेमा जानकारी गराईसकेकाे बताए । यधपी गाउंपालिकाले तपाई संग उपलब्ध स्राेतसामाग्रिकाे मात्रै प्रयाेग गरेर आयाेजना चलाउनुहाेस तर यसरि बाह्य आगमन नियन्त्रण गर्नुहाेस भन्दा हामी संग पास छ भन्दै हाईड्राे तथा गाडीहरु नियमित सञ्चालन गरेकाे उनले बताए । उनका अनुसार उक्त क्षेत्रमा काम गर्ने केहि मजदुरहरु भागेर पैदल हिडदै घर गएकाे खबर सुनेकाे तर गाउँपालिकामा भने जानकारी नभएकाे बताए । यदि गाउँपालिका भित्र कुनैपनि मजदुरलाई खान बस्नकाे समस्या भए गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष सुनुवारले जानकारी दिए ।

स्थानीय युवा बिक्रम लामाका अनुसार केहि जनप्रतिनिधि र नेताहरुकाे मिलेमतोमा काम सञ्चालन गरेकाे बताए । हाम्रो कयौं आफन्तहरु काठमाडौंमा अलपत्र परिरहदा यहाँ हाईड्राेकाे लागि आवश्यक सर-सामानहरु बिंरगज लगायतका भारतीय नाकाहरुबाट भित्रीएकाे उनले बताए ।

साथै कम्पनीले विना सुरक्षा जबर्जस्ती काममा लगाएकाे उक्त कम्पनिमा कार्यरत कर्मचारीहरुकाे पनि गुनासो रहदै आएकाे छ ।

उक्त कम्पनि बारम्बार स्थानीयकाे बिबादमा आईरहेकाे कम्पनि हाे । केहि समयअघि पनि स्थानीयसंग सम्झाैता अनुसार काम नगरेर जताभाबी काम गरेकाे, खाेलामा केमिकल मिसावट गरेकाे लगायतका आराेपमा कम्पनी बिवादमा तानिएकाे थियाे ।