काेराेनाकाे प्रकाेप: मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुग्याे, स्थिर सुधार

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८९ पुगेकाे छ । आज आईतवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ८९”पुगेकाे हाे । गएकाे शुक्रबार र शनिबार मलेसियामा २ जनाकाे मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ५ हजार ३ सय ८१ जनामा संक्रमण देखिएकाेमा ३ हजार १ सय ९७ जनाले स्वास्थ्य लाभ गरेका छन । ४६ जना गम्भीर बिरामी रहेका छन भने शनिबार थप ८४ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा मलेसियामा केहि स्थिर सुधार रहेकाे तथ्यांकले जनाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या १ लाख ६१ हजार १ सय ८६ रहेकाे छ भने संक्रमितको सङ्ख्या २३ लाख ४३ हजार २ सय ७२ जनामा संक्रमण रहेकाे छ । ६ लाख १ हजार ७ सय ७१ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म ३ जना नेपालीमा मात्रै संक्रमण पुष्टि भएकाे छ ।

नेपालमा अहिलेसम्म ३१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने पहिलो र दाेस्राे ३ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।