मलेसियाले विदेशि कामदारहरूकाे सामुहिक काेराेना परिक्षण गर्ने

everest kitchen
मलेसियन स्वास्थ्यमन्त्रालयका महानिर्देशक दातु नुर हिशम

क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले पनि आप्रवासी कामदारहरुमा निगरानी राख्न लागेकाे हाे ।

मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार “हामीसंग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुकाे वारेमा अध्यन गर्ने उनीहरुकाे सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेकाे छ” ।

मलेसियामा हालसम्म ६०१ जना आप्रवासी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । मलेसियामा हालसम्म शंका गरिएका बिदेशीमा काेराेना परिक्षण गर्दा ठुलाेमात्रामा संक्रमित भेटिनु र सिंगापुरमा एकैदिन करिब हजार विदेशीमा काेराेना देखिएपछि लाखौंलाख विदेशी नागरिक रहेकाे मलेसियाले सामुहिक परिक्षण गर्न लागेकाे हाे ।

मलेसियामा काेराेनाका कारण हालसम्म ८९ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ३८९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे मलेसियाकाे स्थानिय समाचार संस्था मलाया मेल ले जनाएकाे छ ।