भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ

everest kitchen

काठमाडौं । घरमै भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ परेका छन । काेराेनाभाईरस काे जाेखिम बढिरहेकाे बेला अनावश्यक भिड जम्मा गरेरकाे पास्टर बलिराम महताेलाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे ।

चितवनकाे खैरहनी नगरपालिका-७ सर्तुनीबाट महतोलाई पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ । कोरोनाको जोखिम बढिरहेको बेला चर्चहरु बन्द रहेको अवस्थामा आफ्नै घरमा गाउँलेलाई बोलाएर भीड जम्मा गरेपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धान सुरु गरेकाे बताएको छ ।

काेराेनाकाे उच्च जाेखिममा रहेकाे चितवनमा दुईजनामा काेराेना संक्रमन देखिएकाे छ ।