मलेसियाले आप्रवासी श्रमिकहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने

everest kitchen
सांकेतिक गुगल फाईल फाेटाे

क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले आप्रवासीहरुमा निगरानी राख्न लागेकाे हाे ।

मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु डाक्टर नूर हिशम अब्दुल्लाका अनुसार , सिंगापुरमा काेराेनाकाे बिकसित रुप देखिएकाे छ । त्यहाँ धेरै मात्रामा आप्रवासीहरु काेराेना संक्रमण देखिएकाे छ । महानिर्देशक नुर हिशमले एक पत्रकार भेटवार्तामा “हामीसंग ठूलो संख्यामा विदेशी कामदारहरू रहेकाले उनीहरुकाे वारेमा अध्यन गर्ने उनीहरुकाे सामुहिक परिक्षण गर्ने सरकारले तयारि गरेकाे समाचार मलायमाईलले उल्लेख गरेकाे छ ।

सामूहिक स्क्रिनिंगको सन्दर्भमा डा नूर हिशमले भने” मन्त्रालयको लक्षित दृष्टिकोण दुई कारक तिर रहेनेछ । उच्च जाेखि स्थान र उच्च जोखिम समूहमा आधारित रहर स्क्रिनिंग गरिने र परिक्षण गरिने छ । यहीँ प्रक्रिया अन्तर्गत सिंगापुरमा परिक्षण गरेपछि आइतबार एकै दिन ९४२ जना आप्रवासीमा काेराेना देखिएकाे उनले उल्लेख गरे ।

उच्च जोखिम समूहकाे रुपमा हेरिएकाे श्री पेट्रलिंग ट्याब्लिग क्लस्टरमा श्री पेट्रलिंग मस्जिद र तहफिज विद्यालयमा हालसम्म परिक्षण गरिएकाे केशमा सतप्रतिशत पाईएकाे थियाे । ताहफिज विद्यालयका ११ हजार ४५ जना मध्य ८ हजार २सय ९२ मा परिक्षण गर्दा २ सय ७७ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

मलेसियामा हालसम्म ६०१ जना आप्रवासी नागरिकमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ । मलेसियामा हालसम्म शंका गरिएका बिदेशीमा काेराेना परिक्षण गर्दा ठुलाेमात्रामा संक्रमित भेटिनु र सिंगापुरमा एकैदिन करिब हजार विदेशीमा काेराेना देखिएपछि लाखौंलाख विदेशी नागरिक रहेकाे मलेसियाले सामुहिक परिक्षण गर्न लागेकाे हाे ।

मलेसियामा काेराेनाका कारण हालसम्म ८९ जनाकाे मृत्यु भएकाे छ भने ५ हजार ३८९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।