बेलायतमा काेराेनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्याे

everest kitchen


लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  ।

पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको अस्पतालमा उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो । उच्च ज्वराे, खाेकि लागेपछि उनलाई दश दिन अघि उनलाई अस्पतालमा भर्ना गरिएकाे थियाे

बेलायतमा भुपु गाेर्खा सैनिक सहित करिब १८ जना नेपालीले काेराेनाका कारण ज्यान गुमाएका छन । एनआरएन काेराेना विशेष समितिका अनुसार यस अघिनै विश्व भर २९ नेपालीले ज्यान गुमाएका छन, भने करि २ हजार नेपाली संक्रमित रहेका छन ।