कर्णाली प्रदेशकाे सरकार खाेज्दै : कलाकार अनिल चन्द

everest kitchen

अनिल चन्द “घायल

हरेक प्रदेशका सरकारहरुले आफ्ना नागरिक लाई सकेसम्म गाडीकमे व्यवस्था उद्दार गरिरहेका छन । सुरक्षित ढङ्गले आ_आफ्नो घर पुगाइ दिएका छन । यदि केइगरी छुटेका नागरिक लाई काठमाण्डौ मै खोजी खोजी राहत बितरण गरेका छन । काम गर्ने मजदुर वा गैरमजदुर होस सबै लाई सरकार छ भन्ने अनुभुती दिलायका छन ।

तर हाम्रो कर्णाली सरकार का मुख्य मन्त्री र सरकार का मन्त्री हरु जहिल्यै पनि चर्को भाषण र चर्को आवाज मा कर्णाली प्रदेश लाइ नेपाल कै नमुना प्रदेश बनाउछु भन्नेहरु यस्तो महामारी को बेला कहाँ लुकेका छन ? लाखौ कर्णाली वासीहरु चर्को भोगमारी र एकदमै दयनिय अबस्थामा कस्टकर जीवन बिताइ रहेका छन । खै त? कर्णाली सरकार हामी लाई उद्धार गरेकाे । खै त? हाम्रो पीडा सरकार ले बुझेको । म एक कलाकार हु र त यति धेरै पीडा सहनु परेको छ, भने बिहान बेलुक मज्दुरी गरेर छक टार्ने मजदुर को पीडा कस्तो होला ?

हाम्रो सरकार काहा गयो ? राहात को नाममा आफ्ना आफन्त लाई परिचालन गरि भरस्टचार गर्न मै बेस्थ छ ? कर्णाली सरकार, खै ? काठमाण्डौ र आसपास का जिल्लाहरुमा सडकमा बिचल्ली परेर भाेकभाेकै कर्णाली बासीहरु तड्पिरहेका छन । हरेक प्रदेश ले आफ्ना नागरिक लाई सरकारको अनुभुती दियका छन । कर्णाली सरकारले भने उद्धार को नाम मा हाम्रो लागि सिन्को भाचेको नि छैन किन ? कि कर्णालीका नेता जनार्दन मात्रै हुन?