प्रधानमन्त्रीलाई गगनकाे व्यङ्ग्य : आँखा र कान परिक्षण गराउन उपयुक्त

everest kitchen

काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन ।

थापालले लेखेका छन,”‪हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनि’ठान्ने हो भने प्रधानमन्त्रीज्यू,‬ ‪आँखा र कान परीक्षण गराउन उपयुक्त होला!‬