दलसम्बन्धि अध्यादेश सँगै सरकारकाे अर्काे अध्यादेश पनि

everest kitchen

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ ।

सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि अध्यक्षसँगै ४ जना सदस्य उपस्थित हुनुपर्ने थियो भने अध्यादेशपछि अध्यक्षसहित ३ सदस्य उपस्थित भएपनि बैठक बस्ने छ ।

संवैधानिक परिषदमा अध्यक्षका रूपमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, विपक्षी दलको नेता, प्रतिनिधि सभाका सभामुख र उपसभामुखसँगै राष्ट्रिय सभाका अध्यक्ष सदस्य हुन्छन् । अहिले उपसभामुखको पद रिक्त रहेको छ । नयाँ गर्न लागिएको व्यवस्था अनुसार विपक्षी दलका नेता उपस्थित नभएपनि बैठक बस्न सक्नेछ ।lokan