नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन

everest kitchen


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ ।

सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो । यधपी बैठक सुरु हुदैगर्दा राष्ट्रपति बिध्यादेवी भण्डारीले अध्यादेश जारि गरेपछि बैठक अलमल परेकाे हाे ।

बैठक चलिरहेकै बेला राष्ट्रिपतिले अध्यादेश जारि गरेपछि बैठकले कुनै निर्णय नगरेकाे नेकपा प्रवक्ता नारायण काजी श्रेष्ठले सञ्चारमाध्यलाई जानकारी दिए ।

नेकपाकाे बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली सिधै राष्ट्रपतिलाई भेटन पुगेकाे स्राेतले जानकारी दिएकाे छ ।