मलेसियामा १६ जना नेपाली फुटबल खेल्दा खेल्दै पक्राउ

everest kitchen

क्वालालम्पुर ।मलेसियामा १६ जना नेपाली फुटबल खेल्दा पक्राउ परेका छन । उनीहरु मलेसिया सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे मुभमेन्ट कन्ट्रोल अडर (एमसिओ) लाई उलङघन गरेकाे आराेपमा पक्राउ परेेेेका हुुन ।

यहि आईतवार उनीहरुलाई मलेसियाकाे सुनगाई दुआको पेकन दरातमा आफ्नै हाेस्टल भित्र फुटबल खेलिरहेकाे अवस्थामा पक्राउ गरेकाे पुलिस अधिकारिले सञ्चारमाध्यमलाई बताएका छन ।
पुलिसका अनुसार नेपाली नागरिक बाहेक ८ जना म्यानमार नागरिक र १० जना स्थानीयलाई पनि पक्राउ गरेकाे उल्लेख गरेका छन ।

पक्राउ परेकाहरुलाई संक्रमण रोकथाम र नियन्त्रणको नियमावली २०२० अन्तर्गतकाे नामावली ११(१) बमोजिम अनुसन्धान भैरहेकाे प्रहरीले बताएको छ ।
मलेसियामा एमसिओ उलङघन गरेमा नगद जरिवाना , कैद सजाय तथा देशनिकाला सम्म हुने व्यवस्था रहेकाेे भन्दै मलेसियन वरिष्ठ मन्त्री (सुरक्षासम्बन्धी ) तातुक सेरी इस्माईल साब्री याकोबले यसअघि बताई सकेका छन ।

मलेसियामा यसअघि पनि दर्जनौं नेपाली एमसिओ उलङघनकाे आराेपमा पक्राउ परिसकेका छन ।

photo :file google