सरकारले ल्याएकाे अध्यादेश अनुचित र अनिष्टकारी अध्यादेश : भिम रावल

everest kitchen


काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् ।

रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन । ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन् ।

सरकारले अध्यादेश पेस गरेलगतै नेकपाकाे बैठक बसेपनि बैठक बसिरहेका बेला राष्ट्रपति विध्या देवी भण्डारीले अध्यादेश जारि गरेपछि बैठक अन्याैल हुदै निशकर्ष विहिन भएकाे थियाे ।

नेता रावलकाे ट्विट यस्ताे छ: