काेराेना प्रकाेप: विश्वभरि १ लाख ७० हजार बढीको मृत्यु, अमेरिकामा ४२ हजार बढी

everest kitchen
photo file

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७० हजार ४५५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म २४ लाख ८१ हजार बढीमा देखिएकाे संक्रमणमध्य ६ लाख ५१ हजार ५४० जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ४२ हजार ५ सय १७ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म ७ लाख ९२ हजार ९१३ जनामा संक्रमण देखिएकाेमा ६ लाख ७८हजार ७ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

यसअघि सम्म सबैभन्दा धेरै मृत्यु दर रहेकाे ईटली अमेरिका भन्दा पछाडि रहेकाे छ । ईटलीमा हालसम्म २४ हजार ११४ जनाले ज्यान गुमाएका छन । ईटलीमा १ लाख ८१ हजार बढिमा देखिएकाे संक्रमणमध्य अझै १ लाख ८ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख २१०मा काेराेना संक्रमित हुदा २० हजार ८५२ जनाले ज्यान गुमाएका छन । संक्रमणकाे सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म ८२ हजार ७ सय ५८ मा संक्रमण हुदा १ हजा ३ जनामा मात्रै संक्रमण सक्रिय रहेकाे छ । चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३२ रहेको छ ।

फ्रान्समा २० हजार २६५ र युकेमा १६ हजार ५०९ जनाले काेराेनाका कारण ज्यान गुमाएका छन ।

विश्वभरि फैलिएको काेराेना नेपालमा हालसम्म ३१ जनामा संक्रमण देखिएकाे छ । ४ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।