फेरि उदयपुरमा ८ जनामा काेराेना पाेजेटिभ,थप प्रमाणित गर्न धरानमा नमुना

everest kitchen


काठमाडौ । उदयपुरको त्रियुगामा फेरि आठनामा काेराेना संक्रमण देखिएकाे छ । बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई शिल गरिएकाे थियाे । उक्त क्षेत्रका संक्रमण हुन सक्ने सम्भावितहरुकाे परिक्षण पश्चात् ८ जनाकाे रिपोर्ट पाेजेटिभ देखिएपछि , थप प्रमाणित गर्न धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजनाकाे नमुना पठाइएको स्रोतले जनाएको छ।

उक्त मस्जिदमा फेला परेका १३ जना संक्रमितमध्ये २ जना नेपाली र बांकी ११ जना भारतीय थिए ।