कुहिएको चामल राहतका रुपमा वितरण गर्ने मेयर पक्राउ

everest kitchen

कृष्ण गुप्ता
काठमाडौं । लकडाउनका कारण समस्यामा परेका विपन्नलाई राहतका रुपमा गुणस्तरहिन खाध्याबस्तु बितरण गर्ने कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन ।

बाराकाे कलैय उपमहानगरका मेयर राजेश रायलाई कुहिएको चामल, दाल लगायतको खाध्यान्न वितरण गरेकाे अभियाेगमा मङगल बार पक्राउ परेका हुन । उनलाई  जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

राहत बाँड्नका लागि नजिकका वडाध्यक्षहरुलाई चार वर्ष पुरानो दाल बेचेको पाइएपछि मेयर रायलाई पक्राउ गरिएको बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए।
कुहिएको दाल बेचेको घटनामा संलग्न ८ जना यसअघि नै पक्राउ परिसकेका छन्। यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो। यसै प्रकरणमा वडा नम्बर ११ का अध्‍यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्‍यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्‍यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो

त्‍यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७-मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो।
कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो। कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन्।

मेयर राजेश राय नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं पुर्वसांसद राधेचन्द यादवका छोरा हुन । राय नेपाली काङ्ग्रेसकाे तर्फबाट निर्वाचित मेयर हुन ।