उदयपुरमा एकजनामा काेराेना पुष्टिभएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुग्याे

everest kitchen

काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये एकजना काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा एक जनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुगेकाे हाे ।

यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई शिल गरिएकाे थियाे । उक्त क्षेत्रका संक्रमण हुन सक्ने सम्भावितहरुकाे परिक्षण पश्चात् ८ जनाकाे रिपोर्ट पाेजेटिभ देखिएपछि , थप प्रमाणित गर्न धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजनाकाे नमुना पठाइएको थियाे । ती ८ जनामध्ये ४१ बर्षिया एक पुरुषमा काेराेना पुष्टि भएपनि बांकीकाे भने रिपोर्ट आउन बांकी रहेकाे स्वास्थ मन्त्रालयले जनाएको छ ।

आज उदयपुरमा भेटिएका एक जना संगै नेपालमा संक्रमितकाे सङ्ख्या ३२ पुगेकाे छ भने ४ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।