उदयपुरमा २२ जना संक्रमित भेटिएसंगै उच्च जाेखिममा, नेपालमा काेराेना संक्रमित ४० पुगे

everest kitchen


काठमाडौ । उदयपुरको त्रियुगामा आठनामा देखिएकाे काेराेना संक्रमणमध्ये आठैजनाकाे काेराेना पुष्टि भएकाे छ। बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाेमा क्रसचेकपछि आठैजनाकाे पुष्टि भएसंगै नेपालमा संक्रमितकाे सङ्ख्या ४० पुगेकाे हाे ।

यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना र पछि फेरि त्यही समुहका अर्का एकजना गरि १३ जनामा संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रलाई शिल गरिएकाे थियाे । उक्त क्षेत्रका संक्रमण हुन सक्ने सम्भावितहरुकाे परिक्षण पश्चात् ८ जनाकाे रिपोर्ट पाेजेटिभ देखिएपछि , थप प्रमाणित गर्न धरानस्थित बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठजनाकाे नमुना पठाइएको थियाे ।

मस्जिदमा रहेका १३ जनामा कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेको बस्तीबासीलाई प्रदेश सरकारले खटाएको स्वास्थ्यकर्मी टोलीले स्वाप नमुना लिएको थियो । गत ६ गते लिएको ६९ जना मध्ये आठ जनालाई पोजेटिभ देखिएको हो । उता नेपाली सेनाको स्वास्थ्यकर्मी टोलीले ७ र ८ गते लिएको स्वाप नमुनाबाट पनि १ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ । सेनाको टोलीले लिएको २५१ स्वाप नमुना मध्ये १ जना पुष्टि भइसकेको हो भने अन्यको रिपोर्ट आउन बाँकी छ । योसंगै भुल्केमा मात्र कारोना संक्रमितको संख्या २२ पुगेको छ । उदयपुरका २२ समेत गरी देशभरमा ४० पुगेको छ भने ४ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।

याे तथ्यांकले उदयपुर काेराेनाकाे उच्च जाेखिममा रहेकाे पुष्टि गरेकाे छ ।